बुटवल देखी पाल्पामा जोड्ने सिदार्थ राजमार्गमा पर्ने सिद्धबाबा मन्दिर नजिकै निर्माणाधीन सिद्धबाबा सुरुङ परियोजना अन्तर्गत बनिरहेका तिनवटा बाइपास सुरुङ मध्य दुईवटा सुरुङको “ब्रेक थ्रु” भएको छ ।
सुरुङ १ को “ब्रेक थ्रु” असोज ४ गते सम्पन्न भएको जानकारी त्यहा कार्यरत इन्जिनियरले सिभिल साथीलाई जानकारी दिनुभएको छ ।
कुल तिनवटा वाईपास सुरुङ रहेको सो परियोजनामा यस अघी सुरुङ ३ को भदौ २६ गते “ब्रेक थ्रु” भइसकेको छ ।
१,१२६ मिटर लम्बाई रहेको मुख्य टनेलको ५० प्रतिसत खन्ने काम पनि सकिसकेको छ ।
तिनवटा बाईपास सुरुङ मध्ये सुरुङ १ को लम्बाई १५१ मिटर, सुरुङ २ को लम्बाई १६१ मिटर र सुरुङ ३ को लम्बाई १३० मिटर रहेको छ ।
अत्याधिक पहिरोको जोखिम भइरहने सो क्षेत्रमा यात्राको जोखिम वर्षै देखी रिही आएको र प्रतेक वर्ष यात्राका क्रममा पहिरो र ढुङ्गा खसेर सर्वसाधरणले ज्यान गुमाउनु परेको त्यस क्षेत्रका बासिन्दाहरुले सिभिल साथीलाई गुनासो गर्नुभयो ।
धार्मिक र व्यापारिक दृष्टीले अत्यन्तै महत्तोपूर्ण रहेको बुटवलाई पाहाडी क्षेत्रसँग जाड्ने सिद्धार्थ राजमार्ग अन्तगर्त पर्ने यस सुरङमार्ग निर्माण सम्पन्न भएपछि यात्रा धेरै नै सहज हुने जनविश्वास रहेको छ ।