कोङ्गो गुमी : वास्तुकलाको उत्कृष्टताको विरासत
५७८ ईस्वीमा स्थापित कङ्गो गुमीलाई विश्वको सबैभन्दा पुरानो निरन्तर संचाल नहुने निर्माण कम्पनीको रुपमा चिन्ने गरिन्छ। जापानको ओसाकामा सिगेमिटसु कोङ्गो नामक एक कुशल सिकर्मी द्धारा स्थापित गरिएको कम्पनीहो कङ्गो गुमी।
कम्पनीले आफ्नो सुरुवाती चरणमा जापानको समृद्ध सांस्कृतिक र धार्मिक सम्पदालाई प्रतिबिम्बित गर्दै बौद्ध मन्दिरहरुको निर्माणमा ध्यान केन्द्रितगर्यो।
कम्पनीको पहिलो प्रमुख परियोजना जापानको सबैभन्दा पुरानो मन्दिरहरु मध्ये एक ओसाकामा रहेको सिटेन्नो-जीमन्दिरको निर्माण थियो । यस प्रारम्भिक उपलब्धीले काठका संरचनाहरुमा कोङ्गो गुमीको विशेषज्ञता मात्र प्रदर्शन गरेन, बौद्ध बास्तुकला सँगलामो समय सम्म चल्ने सम्बन्धको जग पनि स्थापितगर्यो।
कङ्गो गुमीले आफ्नो सिप र निर्माण कार्यको अनुभव मन्दिरहरुमा मात्र सिमित नराखेर विभिन्न महत्वपूणर् परियोजनाहरु, महलहरु र अन्य संरचनाहरु मा पनि विस्तार गर्दै गए। यसैगरी कङ्गोले शताब्दीयौँ देखी गुणस्तरीय काम र नवीनताका कारण आफ्नो प्रतिष्ठा पुरा जापान भरी कमाउँदै गए।
कोङ्गो गुमीको विधि र प्रयोग गर्ने सामाग्रीहरुमा समय अनुकुल विकास हुदै गए। परिवर्तशील वास्तुकला र निर्माण प्रविधिहरु लाई अपनाउँदै आफ्नो निर्माण कार्यहरुलाई अघि बढाउँदै गए। गुमीले निर्माण गरेका भवनहरुमा जटिल जोडनरी प्रविधिहरु प्रयोगले भवनहरुको स्थायित्व र सुन्दरतालाई निर्खार्ने भएकाले कम्पनी परम्परागत जापानी काठ निर्माणको निपुणताका लागी परिचितभयो।
यीविधिहरु प्रायःजापानभरी छरिएका प्रतिष्ठित पगोडा र मन्दिरहरुमा आजको दिन सम्म पनि देख्न सकिन्छ, जसमध्ये धेरैले समयको कसौटीको सामना गरेका छन्।
कम्पनी १४०० वर्षभन्दा बढी समयसम्म परिवारको स्वामित्वमा रह्यो, कङ्गो परिवारका ४० पुस्ताहरुले यसको संचालनको नेतृत्व गरे । यस पारिवारिक विरासतले शिल्पकला र उत्कृष्टताको लागी स्थापनाकाल देखिको प्रतिबद्धतालाई बढावा दियो। हरेक विरासतले आफ्नो प्रत्येक परियोजना गुणस्तर र परम्पराको सम्मानको भरिएको सुनिक्षीतगर्दै गए।
कम्पनीको लामो इतिहासले यसलाई निर्माणको विभिन्न पक्षहरुमा व्यापक ज्ञान र विशेषज्ञता हासिल गर्ने मौका मिल्यो जसले यसलाई जापनी वास्तुकला विकासको आधार शिलाबनायो ।
यद्दापि २१ औँ शताब्दकिो मोडले कङ्गो गुमीका लागि गम्भीर चुनौतीहरु खडा गर्यो । जापानी आर्थिक मन्दी, बदलिँदो उद्योगको गतिशिलता र बढ्दो प्रतिस्पर्धी बजारले वित्तीय कठिनाइहरु निम्त्यायो। स्वतन्त्राताको १४०० वर्षपछि सन् २००६ मा कोङ्गो गुमीलाई टाकामात्सु कन्स्ट्रक्सन ग्रुपमा समाहित गरिएको थियो।
यस सङक्रमणको बावजुद कङ्गो गुमीनामको प्रयोग जारी छ र कम्पनीले आधुनिक निर्माणको अभ्यासहरु लाई अगांल्दै आफ्नो समृद्ध सम्पदाको संरक्षण गर्दै आइरहेको छ।
आज, कङ्गो गुमीले आफ्नो निर्माण लाई मन्दिरहरु र धार्मिक सम्पदाहरुमा मात्र सिमित नराखी व्यावसायिक भवनहरुको निर्माण परियोजनाहरु मा पनि संलग्नहुदै आइरहेको छ। पुरानो र नयाँको यो मिश्रणले कङ्गो गुमीलाई गुणस्तर र नवीनतालाई सँगै अघि बढाउन प्रोत्साहन मिलेको छ।
कोङ्गो गुमीको कथा परिवर्तनशील समयको सामना गर्न लचिलोपन र अनुकलताको प्रमाण हो। यसले जापानी शिल्पकला को भावना र निर्माण उद्योगमा सांस्कृतिक सम्पदाको महत्वलाई संसार सामु प्रस्तुतगर्दछ।
कोङ्गो गुमी निर्माण जगतमा ऐतिहासिक उदाहरण रुपमा मात्र नभई आधुनिक समाजमा पारम्पारिक संस्कृतिको मिश्रणको प्रतिकको रुपमा आफुलाई उभाएको छ ।