घर निर्माण प्रमाणपत्र

Jan 4, 2025

निर्माण सम्पन्न भईसके पछि महानगरपालिका, नगरपालिकावा स्थानियनिकायले उक्तभवन मापदण्ड अनुसार र पेश गरेको नक्सा बमोजिम निर्माण सम्पन्न भएको भनेर प्रमाणित गरेर दिइने प्रमाणपत्रलाई भवननिर्माण सम्पन्न प्रमाणपत्र भनिन्छ ।
यदितपाईले पनिघर निर्माण गरीसक्नु भईसकेको छ निर्माण सम्पन्न प्रमाणपत्र लिन ढिला नर्गनुहोला ।

नक्सापास गरिसकेको …… वर्ष भित्रभवन निर्माण सम्पन्न प्रमाणपत्र लिईसक्नु पर्ने नियम रहेको र ढिला गर्नेलाई जरिवानाहुने नियमपनि रहेको छ ।

भवन सम्पन्ननिर्माणपत्र तपाईलाई घर बेचबिखन गर्न, बैकिंङ्ग कारोबार गन र घर धितो राखी गर्नु पर्ने सम्पूर्ण कार्यहरुको लागीआवश्यक पर्ने गर्दछ । सामान्यशल्क, प्राविधकहरुको निरिक्षण र आवश्यक कागजपत्रहरु पेश गरेपछि निर्माण सम्पन्न प्रमाणपत्र लिन सकिनेछ ।

महानगरपालिका तथा नगरपालिकाहरुको भवननिर्माण मापदण्ड र भवननिर्माण सम्बन्धी कार्यविधि २०७५ को आधार मा आवश्यक पर्ने कागजातहरु तोकिएको छ ।

भवननिर्माण सम्पन्नताको प्रमाणपत्र प्राप्त गर्न पेश गर्नुपर्ने आवश्यककागजातहरु ः
क) भवननिर्माण सम्पन्नताको प्रमाणपत्र पाउँभन्ने व्यहोराको निवेदन
ख) नक्सापासको फोटोकपी
ग) भवननिर्माण इजाजतपत्रको फोटोकपी
घ) जग, जग बिमहरु,भुई ढलान र प्रत्येक तलाहरुको ढलान गर्दाको फोटो सहित डिजाइनरले प्रमाणदित गरेको प्रतिवेदन
ङ) निर्माण सम्पन्नभएको भवनको सम्भव भएसम्म चारैतर्फ देखिने गरी खिचिएको फोटोहरु
च) जग्गाको लालपुर्चाको फोटोकपी, सम्पत्ति कर तिरेको कागजात, घरधनीको नागरिकताको फोटोकपी
छ) घरधनीको २ प्रतिपासपोर्ट साइजको फोटो


माथी उल्लेखित कागजातहरु साथै भवन निर्माण भएको वडाको सहितको सिफारिस संलगन्न गरेर महानगरपालिका, नगरपालिका वा आफ्नो गाउँपालिका मा आवेदन दिनुपर्दछ। आवेदन दिएर प्रक्रिया सरु भएको १० दिन सम्ममा निर्माण सम्पन्नको प्रमाणपत्र प्राप्तहुनेछ ।

स्रोतः काठमाडौं महानगरपालिका भवन निर्माण सम्बन्धी कार्यविधि, भवन इजाजत तथा घर नक्सापास कार्यविधि २०७५

Find Suppliers & Experts Near You

Popular Searches: