लुम्बिनी प्रदेश अन्तर्गत बाँके जिल्लाको कोहलपुर नगरपालिकामा आधुनिक प्रविधियुक्त शवदाह गृह निर्माण हुने भएको छ । पश्चिम नेपालको उदायमान शहरको रुपमा रहेको कोहलपुरमा बेवस्थीत आर्यघाट नरहेको अवस्थाको सम्बोधन गर्न शवदाह निर्माण गर्न लागिएको नगर प्रमुख पूर्णप्रसाद आचार्यले सिभिल साथीलाई जानकारी दिनुभएको छ ।
बेवस्थीत आर्यघाट नभएकै कारण मृत्यु संस्कारको लागी शवहरु नजिकै रहेको राप्ती नदी र बबई नदीको किनरमा लगी जलाउने गरिएको छ । कर्णाली र सुदुरपश्चिका विभिन्न जिल्लाहरुबाट बसाई सराईका कारण कोहलपुरमा केही वर्षदेखी जनसंख्या वृद्धि निकै उच्च रहेको छ ।
बढ्दो जनसंख्याको चापका कारण बेवस्थीत शवदाह गृहको माग धेरै समय देखी हुदै आएको र आफ्नो कार्यकालमा शव गृह निर्माण गर्ने प्रमुख आर्चायले बताउनु भयो ।
१ करोड २५ लाख लागत लाग्ने अनुमान गरिएको उक्त शवदाह गृहको शिलान्यास पनि भई सकेको छ । शवदाह गृहको निर्माण कोहलपुर नगर बिकास समिति अन्तगर्त उपभोक्ता समिति द्धारा निर्माण गर्ने योजना रहेको छ ।
निर्माणका लागी नगर बिकास समितिले ४५ लाख रकम उपलब्ध गराउने र बाँकी रकम विभिन्न सामाजिक तथा वित्तीय संस्थाहरुले सहयोग गर्ने भएका छन् । सो निर्माणका सहयोगार्थ एभरेष्ट बैकं कोहलपुरले ५० लाख र ग्लोबल आईएमई बैकंले २५ लाख रकम उपलब्ध गराउने भएको छ ।
साथै गौल्छा समुहले शव गृहमा प्रयोग हुने एउटा मसिन जडान गरिदिने भएको छ ।प्रस्तावित निर्माण स्थल कोहलपुर बजारबाट पूर्वतिर पर्ने निर्माणधिन अन्तर्राष्टिय क्रिकेट मैदान नजिकै रहेको डुडुवा र राहिनीखोलाको दोबान पारी रहेको छ । शव गृहका निर्माणका लागी १४ कठ्ठा जग्गा समेत छुटाइएको छ ।