सिद्धबाबा तिनवटा बाइपास सुरुङ मध्य दुईवटा सुरुङको “ब्रेक थ्रु” भएको छ ।

Nov 16, 2024

बुटवल देखी पाल्पामा जोड्ने सिदार्थ राजमार्ग

बुटवल देखी पाल्पामा जोड्ने सिदार्थ राजमार्गमा पर्ने सिद्धबाबा मन्दिर नजिकै निर्माणाधीन सिद्धबाबा सुरुङ परियोजना अन्तर्गत बनिरहेका तिनवटा बाइपास सुरुङ मध्य दुईवटा सुरुङको “ब्रेक थ्रु” भएको छ ।

सुरुङ १ को “ब्रेक थ्रु” असोज ४ गते सम्पन्न भएको जानकारी त्यहा कार्यरत इन्जिनियरले सिभिल साथीलाई जानकारी दिनुभएको छ ।

सिद्धबाबा वाईपास सुरुङ

कुल तिनवटा वाईपास सुरुङ रहेको सो परियोजनामा यस अघी सुरुङ ३ को भदौ २६ गते “ब्रेक थ्रु” भइसकेको छ ।
१,१२६ मिटर लम्बाई रहेको मुख्य टनेलको ५० प्रतिसत खन्ने काम पनि सकिसकेको छ ।

तिनवटा बाईपास सुरुङ मध्ये सुरुङ १ को लम्बाई १५१ मिटर, सुरुङ २ को लम्बाई १६१ मिटर र सुरुङ ३ को लम्बाई १३० मिटर रहेको छ ।

बुटवलाई पाहाडी क्षेत्रसँग जाड्ने सिद्धार्थ राजमार्ग

अत्याधिक पहिरोको जोखिम भइरहने सो क्षेत्रमा यात्राको जोखिम वर्षै देखी रिही आएको र प्रतेक वर्ष यात्राका क्रममा पहिरो र ढुङ्गा खसेर सर्वसाधरणले ज्यान गुमाउनु परेको त्यस क्षेत्रका बासिन्दाहरुले सिभिल साथीलाई गुनासो गर्नुभयो ।

धार्मिक र व्यापारिक दृष्टीले अत्यन्तै महत्तोपूर्ण रहेको बुटवलाई पाहाडी क्षेत्रसँग जाड्ने सिद्धार्थ राजमार्ग अन्तगर्त पर्ने यस सुरङमार्ग निर्माण सम्पन्न भएपछि यात्रा धेरै नै सहज हुने जनविश्वास रहेको छ ।

Find Suppliers & Experts Near You

Popular Searches: